जोडिनुहोस
  • होमपेज
  • सन्दीप होर्वाट हुरिकेन्सवाट आज मेलवर्न स्टार्सविरूद्ध मैदान उत्रदै

सन्दीप होर्वाट हुरिकेन्सवाट आज मेलवर्न स्टार्सविरूद्ध मैदान उत्रदै

काठमाडौं, पुस १८-

नेपाली लेग स्पीनर सन्दीप लामिछाने क्वारेन्टाइन मुक्त भएसँगै आज आफ्नो नयाँ क्लब होर्वाट हुरिकेन्सबाट मैदान उत्रने भएका छन्।

कोरोनाको कारण अस्ट्रेलियन घरेलु क्रिकेट लिग बिग बासको प्रारम्भमा अस्ट्रेलिया आउन नपाएका लामिछानेले क्लबका पछिल्ला ६ खेल गुमाएका छन्। तास्मानिया राज्यको होर्वाटमा हुने टिमको सातौं खेलमा आज सन्दीप मैदान उत्रने भएका हुन्।

नेपालबाट डिसेम्बर १५ मा अस्ट्रेलिया पुगेका सन्दीपले अनिवार्य होटल क्वारेन्टाइनमा १४ दिन बसेपछि शुक्रबारदेखि अभ्यासमा सहभागी भएका थिए।

होर्वाट हुरिकेन्सको सातौं खेलमा सन्दीपले पुरानो क्लब मेलवर्न स्टार्सविरूद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय बिहान ११स्५० बजे सुरू हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका