होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • विदेशबाट फर्केका ६ युवाले भरतपुरमा खोले टाउन रेसिडेन्सी होटल

विदेशबाट फर्केका ६ युवाले भरतपुरमा खोले टाउन रेसिडेन्सी होटल

चितवन, पुस १६ –

भरतपुरको मालपोत चोक नजिकै भरतपुर टाउन रेसिडेन्सी सञ्चालनमा आएको छ ।

चितवनका ६ युवाले ९६ लाख लगानी गरेर उक्त रेसिडेन्सी सञ्चालन गरेका हुन् । रेसिडेन्सीले बिहीबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । जागृतिचोक जाने बाटो तर्फ रेसिडेन्सी रहेको छ । पत्रकार सम्मेलनमा सञ्चालक समुन्द्र अर्यालले रेसिडेन्सीमा क्याफे, रेष्टुरेण्ट, लज र बार रहने जानकारी दिए । रेसिडेन्सीमा आउने पाहुनाले पक्कु, भुटुवा, भुटनलगायतका टिपिकल नेपाली खानाको स्वाद लिन पाउने उनले बताए । टिपिकल खानाका रुपमा कसौडीमा पकाएको खसीको पक्कु, टाउन प्लाटर (विभिन्न १५ प्रकारका स्वादिष्ट खाजाका परिकारसहित) र खसीको भुटुवा (कार्टनकुटन) लगायतका परिकार पाइने उनको भनाइ छ ।

उनका अनुसार रेसिडेन्सीमा बास बस्न चाहने पाहुनाका लागि प्रिमियम क्वालिटीका कोठाहरु समेत छन् । जसमा डिलक्स, स्विट र नर्मल गरी १४ वटा कोठाहरु रहेका छन् । यस्तै तीन छुट्टै सर्भिस अपार्टमेण्टसमेत छ । अपार्टमेण्टमा पाहुनाले आँफैले पकाएर खान सक्ने उनले बताए । यी सबैमा एकैपटक ५० जनालाई राख्न सकिने छ । डेढ कट्ठाजग्गामा चार तले भवन निर्माण गरी रेसिडेन्सी सञ्चालनमा ल्याइएको उनले बताए ।

कोठाको प्रतिदिन एक हजार ८०० रुपैयाँदेखि तीन हजार ५०० रुपैयाँसम्म र अपार्टमेण्टलाई प्रतिदिन चार हजारदेखि ६ हजार रुपैयाँसम्म पर्ने अर्का सञ्चालक भोजबहादुर खड्काले जनाए । अंग्रेजी नयाँ वर्षको अवसर पारेर शुक्रबार पुस १७ गतेदेखि औपचारिकरुपमा सेवा सुरु हुने उनको भनाइ छ । रेसिडेन्सीको औपचारिक उद्घाटन भने पुस २० गते हुनेछ । बजारमा चलेको भन्दा सुपथ मूल्यमा अझैस्तरीय सेवा दिने खड्काको दाबी छ ।

खड्काका अनुसार विदेशमा सीप सिकेर आएका केही युवा र स्वदेशमै होटल व्यवसायमा सक्रिय युवाले स्वदेशमै आत्मनिर्भर बन्ने गरी लगानी गरेका हुन् । लगानी गर्ने अन्य चार जनामा शंकरबहादुर रिजाल, किशोर सुवेदी, जगतबहादुर भट्टराई, भविन्द्र गुरुङ रहेका छन् । रेसिडेन्सीको निर्माण कार्य डेढ वर्ष अघिदेखि सुरु भएको थियो । नेपाली नयाँ वर्षको अवसर पारी यस वर्षको वैशाखबाट सेवा सुरु गर्ने योजना बनाइएको भए पनि कोरोना भाइरस (कोभिड–१९) र लकडाउनका कारण ढिला हुन पुगेको खड्काले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका