जोडिनुहोस
  • होमपेज
  • चितवन साहित्य परिषद्ले तीन स्रष्टालाई पुरस्कृत गर्ने

चितवन साहित्य परिषद्ले तीन स्रष्टालाई पुरस्कृत गर्ने

चितवन, पुस १५–

चितवन साहित्य परिषद्ले स्थापना गरेका विभन्न ३ वटा साहित्यिक पुरस्कारहरूको लागि स्रष्टा चयन गरिएको छ ।

परिषद्ले चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार २०७७ का लागि आख्यानकार प्राज्ञ माया ठकुरीलाई चयन गरेको छ भने चिसाप कृष्णकुमारी गुरुङ साहित्य पुरस्कार २०७७ का लागि आख्यानकार मीनराज वसन्त र चिसाप कृष्ण कृष्णा साहित्य पुरस्कार २०७७ आख्यानकार बिवु नानुलाई प्रदान गरिने जनाएको छ ।

परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा आज (बुधबार) बसेको बैठकले वसन्तको ‘पिपिरी’ र नानुको ‘अनुक्रोश’ उपन्यासका लागि उक्त पुरस्कारहरू प्रदान गरिने भएको हो । कवि शिरोमणि लेखनाथ पौड्यालको १३७ औं जन्मजयन्तीको अवसर पारेर आगामी शनिबार विशेष साहित्यिक कार्यक्रम गरि पुरस्कार समर्पण गरिने परिषद्ले जनाएको छ ।

उल्लेखित सबै पुरस्कारहरूको राशि जनही रु १५ हजार पैंतालीस र सम्मान पत्र रहेको परिषदका सचिव बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका