जोडिनुहोस
  • होमपेज
  • अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा भारत विजयी

अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा भारत विजयी

काठमाडौं, पुस १४–

अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा भारत विजयी भएको छ।

मंगलबार चौथो दिनमै जित निकाल्ने क्रममा भारतले घरेलु टोली अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्न सफल भयो । जितसँगै चार खेलको टेस्ट सिरिजमा १–१ को बराबरी भएको छ। यसअघि पहिलो टेस्टमा भारतमाथि अस्ट्रेलियाले ऐतिहासिक जित निकालेको थियो।
मंगलबार ७० रनको लक्ष्य पाएको भारतले २ विकेटको क्षतिमा पूरा गर्‍यो। भारतका लागि कप्तान अजिन्का राहाणेले नटआउट २७ रन र शुभमान गिलले नटआउट ३५ रन जोडे।

मंयक अग्रवाल ५ रन र चेतेश्वर पुजारा ३ रनमा आउट भएका थिए। यसअघि अस्ट्रेलिया दोस्रो इनिङ्ग्समा २०० रनमा अलआउट हुँदा भारतले ७० रनको झिनो लक्ष्य पाएको थियो ।

अस्ट्रेलियाका क्यामरन ग्रिन ४५ रन र पाट कमिङ्ग्स २२ रन बनाए। यस्तै म्याथ्यु वेडले ४० रन र मार्नस लाबुसेनले २८ रन बटुले।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका