



चितवन, पुस १३-
प्रेमकथानक नेपाली चलचित्र ‘हिड्दा हिड्दै’ को सुटिङ आजबाट सुरु भएको छ ।
गत असोजमा शुभमुर्हत गरिएको चलचित्रको पहिलो दिनको स्पट काठमाडौँको गोदावरी भएको चलचित्रका प्रस्तुतकर्ता सुशील पंगेनीले नारायणी अनलाइनलाई जानकारी दिएका छन् ।
मिलन आले मगरको निर्देशनमा आकाश श्रेष्ठ, सलोन बस्नेत, नवअभिनेत्री रेखा शाह, सानीया खान, विकास थापामगर, बिबेक रामदाम, ममता पौडेललगायतका कलाकारको अभिनय रहने चलचित्रको स्क्रिप्ट प्रस्तुतकर्ता पंगेनीले लेखेका हुन् ।
नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानर र कोहलपुर मेडिकल कलेजसँगको सहकार्यमा निर्माणाधीन चलचित्रको निर्मातामा प्रमोदकुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ छन् । महादेव शाही सहनिर्माता रहेको चलचित्र काठमाडौ र गाइघाटमा खिचिने छ । सुमनकुमार तण्डुकारको छायांकन रहेको चलचित्रका गीतमा बसन्त सापकोटा र किरण माइकलको संगीत र कविराज गहतराजले कोरियोग्राफी गर्ने छन् । देव महर्जनले द्वन्द्व निर्देशन गर्ने चलचित्रको मुख्य सहायक निर्देशकमा यम भण्डारी र रामकुमार थिङ छन् । फिल्मको सुटिङ अबधि ३५ दिन तोकिएको छ ।