जोडिनुहोस
  • होमपेज
  • भरतपुरमा ३० करोडको लागतमा चितवन गार्डेन रिसोर्ट, पुस १७ देखि संचालनमा आउने

भरतपुरमा ३० करोडको लागतमा चितवन गार्डेन रिसोर्ट, पुस १७ देखि संचालनमा आउने

चितवन,पुस १२-

भरतपुर महानगरपालिका–१० स्थित कटहर चोकमा रहेको चितवन गार्डेन रिसोर्ट अँग्रेजी नयाँ वर्षदेखि संचालनमा आउने भएको छ । रिसोर्टले आइतबार अपरान्ह पत्रकार सम्मेलन गरी यही पुस १७ गते (जनवरी १ तारिख)देखि रिसोर्ट नियमित संचालनमा आउने लागेको जानकारी दिएको हो । रिसोर्टका प्रवन्ध निर्देशक तेजप्रसाद घिमिरेले उद्घाटनको सम्पूर्ण तयारी पुरा भइसकेको बताउनुभयो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले रिसोर्टको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । रिसोर्टमा २८ वटा लक्जरियस कोठाहरु रहेका छन् भने डिजिटल बार, स्वीमिङ पुल, रुफटप रेष्टुरेन्ट, डायनिङ रेष्टुरेन्ट, व्याङक्वेट हल रहेका छन् ।

प्रवन्ध निर्देशक घिमिरेले गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले रिसोर्ट संचालनमा ल्याइएको बताउनुभयो । उहाँले रिसोर्ट संचालन गर्न ३० करोड खर्च भएको जानकारी दिनुभयो । भरतपुर विमानस्थलसंगै जोडिएकाले पाहुनाहरुका लागि सहज हुने रिसोर्टका संचालक शिव ढकालले बताउनुभयो । उहाँका अनुसार रिसोर्टमा ३२ जनाले रोजगारी पाएका छन् । सो रिसोर्ट १७.५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका