होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • चितवनका ६ जना सांसदले गरे अविस्वासको प्रस्तावमा हस्ताक्षर

भरतपुर

चितवनका ६ जना सांसदले गरे अविस्वासको प्रस्तावमा हस्ताक्षर

वाग्मती प्रदेशमा अविश्वासको प्रस्तावः

चितवनका ६ जना सांसदले गरे अविस्वासको प्रस्तावमा हस्ताक्षर

चितवन, पुस १०–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले शुक्रबार वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको छ ।

अविश्वासको प्रस्तावमा ४५ जना सांसदको हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा चितवनबाट निर्वाचित र समानुपातिक गरी ६ जना प्रदेश सांसदहरु समेत छन् । हस्ताक्षर गर्नेमा सांसद रामलाल महतो, घनश्याम दाहाल, कृष्ण प्रसाद भुर्तेल, कृष्ण प्रसाद खनाल, पार्वती सिलवाल र कञ्चन खनाल छन् ।

नेकपाका अर्का दुई सांसद एवंम कृषी मन्त्री दावा दोर्जे लामा र विजय सुवेदीले हस्ताक्षर गरेका छैनन् । उनीहरु ओली खेमाका सांसद हुन् ।
केन्द्रमा राजनीतिक रुपमा नेकपा विभाजन भएपछि त्यसको असर प्रदेश सरकारमा पर्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षलाई प्रदेश सरकारमा हस्तक्षेप नगर्न चेतावनी दिइ सकेको छ ।

उसले कडा कदम चाल्ने संकेत दिएको छ । तर त्यसको कुनै प्रवाह नगरी संघीय राजधानी रहेको प्रदेश वाग्मतीबाट नै प्रचण्ड–माधव पक्षले हमला सुरु गरेको छ । जसका कारण प्रदेश सरकार धरापमा पुगेको छ भने संघीयता नै जटिल अवस्थामा पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका