जोडिनुहोस
  • होमपेज
  • सोमपाल, करन र कुशल अबुधावी टि–१० लिग खेल्ने

सोमपाल, करन र कुशल अबुधावी टि–१० लिग खेल्ने

काठमाडौं, पुस ९–

पहिलोपटक एउटै विदेशी लिगमा नेपालका तीन जना क्रिकेट खेल्न पाउने भएका छन् । आउँदो संस्करणको अबुधावी टि–१० लिगका लागि नेपाली युवा खेलाडीहरु सोपमाल कामी, करन केसी र कुशल मल्ल खेल्ने भएका छन् ।

बुधबार राति सम्पन्न ड्राप्टबाट तीनै जना खेलाडीहरुलाई फरक–फरक टिमले अनुबन्ध गरेको हो । जस अनुरुप नेपाली तीव्र गतिका बलर सोमपाल कामीले मराठा अरेबियन्सबाट टि–१० लिग खेल्ने पक्का भएका छन्। बुधवार लिगको अफिसियल ट्विटरमार्फत उनलाई मराठाले आबद्ध गरेको जानकारी दिइएको हो। सोमपालले दोस्रो पटक विदेशी लिग खेल्न लागेका हुन्। टी–१० लिगमा सोमपाल नेपालबाट अनुबन्ध हुने तेस्रो खेलाडी हुन्।

सोमपालको टिममा विश्वचर्चित खेलाडीहरु शोयब मलिक, मोहम्मद हाफिजलगायतका छन् ।

यस्तै अर्का अलराउण्डर करन केसीलाई टी–१० लिगमा पुने डेभिल्सले आवद्ध गरेको छ। बुधबार राति भएको ड्राफ्टबाट केसीलाई पुनेले लिएको हो। उनी नेपालबाट विदेशी लिग खेल्ने पाँचौ खेलाडी भएका छन्। करनको टिममा विश्वचर्चित खेलाडीहरु तिसरा परेरा, मोहम्मद आमिर, श्याम ब्लिङसलगायतका छन् ।

यसैगरि नेपाली युवा क्रिकेटर कुशल मल्लले पनि अबुधाबीबाट टि–१० लिग खेल्ने पक्का भएका छन्। बुधवार टिम अबुधावीले उनलाई क्लवमा आबद्ध गरेको हो। यो सँगै विदेशी लिग खेल्ने कुशल चौथो खेलाडी बनेका छन्। कुशलको टिममा नेपाली टोलीका पूर्व कप्तान पारस खड्का मेन्टरको भूमिकामा रहेका छन् भने विश्वचर्चित खेलाडीहरु क्रिस गेल, क्रिश मोरिस, लुक राइटलगायतका छन् ।

यसअघि पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछानेले टी–१० लिग खेलिसकेका छन्। प्रतियोगिताको आगामी संस्करण २८ जनवरीदेखि ६ फेब्रुअरीसम्म यूएईमा हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका