जोडिनुहोस
मङ्लबार, फाल्गुन १८, २०७७
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • चितवनमा १८ सहित देशभर ७४३ जना कोरोना संक्रमित थपिए

चितवनमा १८ सहित देशभर ७४३ जना कोरोना संक्रमित थपिए

काठमाडौं, पुस ८-

पछिल्लो २४ घण्टामा चितवनमा १८ सहित देशभर ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५५९ जनाको परीक्षणमा ४६४ पुरुष र २७९ जना महिला गरी ७४३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ५५ हजार ९७९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९५२ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या दुई लाख ४६ हजार ६६१ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८०३ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१८ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा २५० तथा ललितपुर र भक्तपुरमा ३४ र ३४ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै कास्कीमा ७१, रुपन्देहीमा ४५, कञ्चनपुरमा ४२, कैलालीमा ३३ र मोरङमा १५ जना संक्रमित भेटिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका