जोडिनुहोस
  • होमपेज
  • मेस्सीले तोडे पेलेको कीर्तिमान,एकै क्लबबाट गरे सर्वाधिक गोल

मेस्सीले तोडे पेलेको कीर्तिमान,एकै क्लबबाट गरे सर्वाधिक गोल

काठमाडौँ पुस ८

विश्व फुटबलका महान खेलाडी पेलेको कीर्तिमान बार्सिलोनाका लियोनल मेस्सीले भंग गरेका छन् । मेस्सी एकै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

उनले बार्सिलोनाबाट ६४४ गोल गरेर पेलेको कीर्तिमान तोडेका हुन् । मेस्सीले स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा रियल भालाडोलिडलाई ३–० ले पराजित गर्ने क्रममा ६५ औँ मिनेटमा गोल गरेर कीर्तिमान बनाएका हुन् ।

सन् २००५ मा बार्सिलोनाबाट पहिलो गोल गरेका ३३ वर्षे मेस्सीले यो अवधिमा ६४४ गोलको सहयोगमा बार्सिलोनालाई १० पटक ला लिगा तथा चार पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका छन् ।

पेलेले सन् १९५६ देखि १९७४ सम्म १९ सिजनमा ब्राजिलियन क्लब सान्तोसका लागि ६४३ गोल गरेर कीर्तिमान बनाएका थिए ।

मंगलबार राति भएको खेलमा रियल भालाडोलिडलाई पराजित गर्ने क्रममा मेस्सीसहित २१ औँ मिनेटमा क्लेमेन्ट लेङ्गलेट तथा ३५ औँ मिनेटमा मार्टिन ब्रेथवेटले गोल गरे ।

जितपछि पाँचौँ स्थानको बार्सिलोनाको १४ खेलबाट २४ अंक भएको छ । रेलिगेशन जोनमा रहेको रियल भालाडोलिडको १५ खेलबाट १४ अंक भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका