जोडिनुहोस
alt
  • होमपेज
  • वामदेव फकाउन भैंसेपाटी पुगेका प्रचण्ड–माधव असफल

वामदेव फकाउन भैंसेपाटी पुगेका प्रचण्ड–माधव असफल

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा आउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपालले आग्रह गरेका छन् ।

मंगलबार बिहान गौतमको भैंसेपाटी निवासमा पुगेर नेताहरूले आज दिउँसो बस्ने प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा सहभागी हुन उनलाई आग्रह गरेका हुन् ।

स्रोतका अनुसार वामदेवलाई भेट्न वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ भैंसेपाटी पुगेका छन् ।

गौतमले कुनै पनि समूहको भेलामा सहभागी हुन अस्वीकार गरेपछि शीर्ष नेताहरु भैँसेपाटी पुगेका हुन् ।

तर गौतमले आफू कुनै बैठकमा नजाने जवाफ दिएको गौतमनिकट केन्द्रीय सदस्य बलराम बाँस्कोटाले जानकारी दिए । प्रचण्ड-नेपालले बोलाएको बैठकमा गौतम नगए पनि बाँस्कोटा भने सहभागी हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका