




खसालिरहेको छु आँसु ‘माइलो बा’ आजको दिनमा !
गर्नुभयो प्रगतिशील साहित्यमा योगदान
हुनेछ इतिहासमा त्यसको गुणगान ।।
अनि,
लाग्नुभयो दिनदुःखी आत्माको पक्षमा
पर्नुभयो केही समय विपक्षी यातनाको शिकारमा ।।
तड्पिनुभयो त्यो यातनाको बन्धनमा
छियाछिया भयो शरीर त्यसैको क्रन्दनमा ।।
त्यस अवस्थामा पनि,
सोच गर्नुहुन्थ्यो दिगो साहित्य र तिनीहरुकै जीवन प्रगतिका कुरा
भए ती सब अधुरा अनि अपुरा ।।
जीवन गोरेटोको मध्यस्थता हामी जस्ताको
सायद अहिलेसम्म चलिरहेको छ, तिनीहरुको जीवन डुङ्गा राम्रो ।।
गएका थियौं बाउ, छोरा पहिलोपल्ट देवघाट मलामी
दिएँ मैले टाढैबाट एक अञ्जुली सलामी ।।
हुनुहुनेछ सदा अजर, अमर हाम्रो मन, मुटु र आँखा वरिपरी
रहिरहनु हुनेछ माइलो बा (हरिहर सविता) हाम्रो जीवनभरी ।।
अतितका स्मृतिका छालहरुसँगैं
हृदयका पानाहरुभित्र
स्वर्ण अक्षरले सजिएका सम्झनाका तस्विरहरुमा
खप्न नसकी खसालिरहेको छु बलिन्द्र धारा आँसु
माइलो बा (हरिहर सविता) आजको दिनमा ।।
जय स्वाभिमान ! जय साहित्य !! जय चितवन !!!
रामकिरण रेग्मी
भरतपुर–१०,
दोभान टोल, चितवन ।