जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
alt
  • होमपेज
  • नारायणगढको फेन्सी बचत तथा ऋण सहकारीमा मेघराजको नेतृत्व

नारायणगढको फेन्सी बचत तथा ऋण सहकारीमा मेघराजको नेतृत्व

चितवन, पुस ४-

नारायणगढमा रहेको फेन्सी बचत तथा ऋण सहकारी संस्थाको शुक्रबार सम्पन्न ९ औं साधारण सभाले मेघराज कँडेलको नेतृत्वमा १४ जना सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा बालकृष्ण कँडेल, सचिवमा पदम केसी, कोषाध्यक्षमा बोधराज पौडेल रहेका छन् । सदस्यहरुमा तारादेवी पण्डित, निरोज न्यौपाने, रामचन्द सुवेदी, टेकनारायण सापकोटा, हरि शर्मा पौडेल, दुर्गाप्रसाद न्यौपाने, मञ्जु श्रेष्ठलगायत रहेका छन् । त्यसैगरी लेखा सुपरिवेक्षण समिती संयोजकमा शिवराज सुवेदी र सदस्यहरुमा बुद्धी कुमारी श्रेष्ठ (शारदा), भोजेन्द्र पौडेल रहेका छन् ।

कार्यक्रममा नेफ्स्कून लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटाले व्यवसाय तथ वस्तुको उत्पादन, विनिमय र वितरण कार्य मात्र नभई एक असल सामाजिक कार्य रहेको बताउँदै फेन्सी साकोस चितवनले अन्य शाखाहरु विस्तार गर्न आवश्यक रहेको बताएका थिए । कार्यक्रममा सहकारी विज्ञ केशवबहादुर थापा, पूर्वअध्यक्ष विजय प्रकाश तन्डुकारलगायतले शुभकामना मन्तव्य राखेका थिए । साथै संस्थाका अध्यक्ष प्रकाश गैरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थाका कोषाध्यक्ष बोधराज शर्मा, संस्थाको ऋण उपसमितिका संयोजक निरज न्यौपाने र संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक प्रधुम्न सापकोटाले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा अनुशासित कर्मचारी तर्फ जनसम्पर्क सहायक बुद्धिमाया थापा, हार्डवर्कर तर्फ कार्यालय सहयोगी गीता कोइराला क्षेत्री, संस्थाको अधिकतम सेवा प्रयोग तर्फ कृष्ण कँडेल र मीनादेवी ढकाल, फेन्सीमा मात्र सदस्य हुने सुशिला खरेल घिमिरे सम्मानित भएका थिए ।

उक्त कार्यक्रमको अवसर पारी असल कारोबारी सदस्य तर्फ शिशिरमान र मीना श्रेष्ठ, नियमित मासिक बचतकर्ता सदस्यतर्फ गोबिन्दप्रसाद सापकोटा,नारायण श्रेष्ठ साथै नियमित कारोबार गर्ने सदस्य तर्फ लेखनाथ कँडेल सम्मानित भएका थिए । उक्त कार्यक्रममा बाल बचत सदस्य तर्फ आयुष न्यौपाने साथै फेन्सी साकोसमा शेयर रहेका सदस्यहरु तर्फ डिजेल श्रेष्ठ, चिन्तामणि सापकोटा, संगिता थापा, प्रतिमा पौडेल, बिना घले, सुरज मुलान र ममल तन्डुकार सम्मानित भएका थिए। उक्त कार्यक्रमलाई संस्थाका सचिब पदमबहादुर केसीले सहजीकरण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका