जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय स्रष्टा सम्मानबाट गीतकार एवं साहित्यकार नन्दन सम्मानित

राष्ट्रिय स्रष्टा सम्मानबाट गीतकार एवं साहित्यकार नन्दन सम्मानित

चितवन,पुस ४-

यसबर्षको राष्ट्रिय स्रष्टा सम्मानबाट गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनलाई सम्मान गरिएको थियो । चितवनको नारायणगढमा गितकार संघ नेपालको आठौं स्रष्टा सम्मान तथा दशौं बाषिकोत्सब कार्यक्रमा नन्दनलाई मुख्यमन्त्री डोरमणि पौडेलले नगद १ लाख ५१ हजारसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गर्नुभयो । यस्तै यसबर्षको उत्कृष्ट गितकारको रुपमा महेश आचार्य र डायस्पोरा सम्मान अर्जुनरत्न भिखारीलाई प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्जकका रचनाहरुले मुलुकको परिवर्तन र संमृद्धिका लागि भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले मुलुक परिवर्तन गर्ने दायित्व सबैको काँधमा आएको भन्दै त्यसमा सर्जको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । ‘परिवर्तनका लागि जनतामा गित संगित र रचनाले जुन छाप छोड्छ भाषणले छाड्दैन, उहाँले भन्नुभयो, देशमा ठूला परिवर्तनका लागि गितसंगितले महत्वपुर्ण भूमिका खेलेको छ ।’ राष्ट्र निर्माणमा गितकार,संगितकार, कालाकार सबैको ध्यान केन्द्रित हुनुपर्नेमा मुख्यमन्त्री पौडेलको जोड छ ।

‘कलममा भएको शक्ति अरु केहीमा छैन, यसले सिङगो मुलुकलाई परिवर्तन गर्न सक्छ’, उहाँले भन्नुभयो । हरेक कुरामा नकरात्मक नभई सकरात्मक सोचका साथ मुलुक परिवर्तन गर्ने दायित्व हामी सबैको भएको उहाँले बताउनुभयो । मुख्यमन्त्री पौडेलले देशमा व्यवस्था परिवर्तन भएपनि आचरणमा परिवर्तन ल्याउन नसकेको बताउनुभएको छ । देशमा जुनसुकै तन्त्र आएपनि नागरिकले अनुभूत गर्ने खालको परिवर्तन हुनुपर्ने भन्दै उहाँले सबैको कार्यशैली परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो । नेपाली गीत संगित, भाषा संस्कृतिको संरक्षण र उत्थान गर्नुपर्नेमा उहाँको जोड छ ।

सो अवसरमा बोल्दै गीतकार नन्दनले सम्मानित हुन पाउँदा आफुलाई निकै खुसी लागेको बताउनुभयो । उहाँले पुरस्कार सम्पूर्ण साहित्य जगतलाई प्रदान गरेको अनुभूत आफुले गरेको बताउनुभयो । कार्यक्रम गीतकार संघका अध्यक्ष चुणामणि देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका