aroma
जोडिनुहोस
  • होमपेज
  • भरतपुरमा गर्ने भनिएको अन्तर्राष्ट्रिय पाँचौँ ‘एपीक्याट सम्मेलन‘ भर्चुअल विधिबाट सम्पन्न

भरतपुरमा गर्ने भनिएको अन्तर्राष्ट्रिय पाँचौँ ‘एपीक्याट सम्मेलन‘ भर्चुअल विधिबाट सम्पन्न

चितवन, पुस २-

सूर्तीजन्य पदार्थ र नसर्ने रोगहरूविरुद्ध एसिया प्रशान्त क्षेत्रका नगरहरूको दबाब समूह ‘एशिया प्यासिफिक सिटिज् अलाइन्स फर टोवाको कन्ट्रोल एण्ड नन् कम्युनिकेवल डिजिज’ (एपी क्याट) को पाँचौ शिखर सम्मेलन बिहीबार सम्पन्न भएको छ ।

गत वर्ष असोजमा इन्डोनेसियाको बोगर सिटीमा सम्पन्न एपीक्याटको चौथो सम्मेलनले पाँचौ सम्मेलन नेपालको भरतपुरमा गर्ने निर्णय गरेको थियो । सो अनुसार भरतपुर महानगरले गत पुसको दोस्रो साता चितवनको भरतपुरमा १६ देखि १८ मंसिर २०७७ (१ देखि ३ डिसेम्बर २०२०) मा गर्ने निर्णय गरेको थियो । त्यसबेला भरतपुरमा हुने पाँचौँ सम्मेलनमा १५० बढी विदेशी सहित ३०० बढीको सहभागिता हुने बताइएको थियो । तर, विश्वभर देखिएको कोरोना महामारीको कारण सम्मेलन भौतिक रुपमा भेला नभई भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

पाँचौँ सम्मेलन आयोजक समितिका सभापति एवम् भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले विश्वभर देखिएको कोरोनाका कारण गत वर्ष घोषणा गरेजसरी सहभागीलाई चितवनमा स्वागत गरी कार्यक्रम गर्न नपाइएको बताइन् । तर, उनले गतवर्ष बोगर सिटीमा भएको सम्मेलनमा गरेको प्रतिबद्धता अनुसार महानगरले सूर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी विभिन्न गतिविधि गरेको बताइन् ।

महानगर भित्र सार्वजनिक स्थानमा सूर्तीजन्य प्रयोगमा निषेध गरिएको, त्यस सम्वन्धी सूचनाहरु टास गरिएको, सञ्चारकर्मीसँग यसबारेमा अन्तरक्रिया गरिएको जानकारी दिइन् । उनले कोभिड महामारीपछि महानगरले महामारी रोक्नका लागि गरेका गतिविधिबारे समेत बताइन् ।

कार्यक्रममा इन्डोनेसियाका स्वास्थ्य मन्त्री प्राडा मुहाफिर इफन्डिए, म्यानमारका स्वास्थ्य मन्त्री डा माइन्ट वाई, इन्डोनेसिया स्वास्थ्य मन्त्रालयका महासचिव डा ओस्कार प्रिमोडी लगायतले बोलेका थिए ।
यस्तै कार्यक्रमका ‘को – चियर’ बनेका फिलिपिन्सका फ्रान्सिस ए ग्रासिया, व्लुम्बर्ग फिलान्थ्रोपिकका क्यालि लार्सन, विश्व स्वास्थ्य संगठनका डा गुई फोनिस, द युनियनका डा गुई मार्कस, डा तारासिंंह बम लगायतले कोभिड (१९ को महामारी र सूर्तीजन्य पदार्थ नियन्त्रणको सन्दर्भ जोडेर बोलेका थिए । सम्मेलनले ६ बुँदे घोषणा पत्र समेत जारी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका