जोडिनुहोस
  • होमपेज
  • गौतमबुद्ध कपः आज राप्ती र नारायणी भिड्दै

गौतमबुद्ध कपः आज राप्ती र नारायणी भिड्दै

चितवन, मंसिर २९–

चितवनको भरतपुरमा जारी गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता अन्तरगत आज लिग चरणको अन्तिम खेल हुँदैछ ।

फाइनलमा स्थान बनाइ सकेका नारायणी र राप्तीबीच आज प्रतिस्पर्धा हुन लागेको हो । नारायणी सुवास खकुरेलको कप्तानीमा मैदानमा उत्रिदैछ भने राप्ती विनोद भण्डारीको कप्तानीमा मैदानमा उत्रिन लागेको हो । रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना मैदानमा हुने खेल विहान ११ः३० बजेदेखि सुरु हुनेछ । आज दुवै टिम दवाबमुक्त रहेर खेल्ने छन् । आजको विजयी टिम लिगको शीर्ष स्थानमा रहने छ । प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।

यसअघि हिजो भएको खेलमा वाग्मतीलाई हराउँदै राप्ती फाइनलमा स्थान बनाएको हो । लगातार दुई हारपछि वाग्मती भने प्रतियोगिताबाटै बाहिरिएको छ । बागमती प्रदेश क्रिकेट संघको आयोजना र चितवन क्रिकेट संघको संयोजनामा जारी प्रतियोगिता मंसिर ३० गतेसम्म चल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका