होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • नेपाली राष्ट्रिय फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

नेपाली राष्ट्रिय फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

काठमाडौँ मंसिर २६-

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिनुभएको हो ।

बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिनुभयो । हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुनुभएको थियो । उहाँको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो ।

कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किनुभएको थियो । त्यसपछि उहाँ नेपाल फर्किनु भएन । उहाँले स्वीडेनबाटै राजीनामा दिएको एन्फाले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका