होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • कोरोनाबाट नेकपा नेता कमानसिंह लामाको निधन

कोरोनाबाट नेकपा नेता कमानसिंह लामाको निधन

काठमाडौँ मंसिर २५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कमानसिंह लामाको आज ६९ वर्षका उमेरमा निधन भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान नेता लामाको निधन भएको हो ।

कोरोना भाइरस सङ्क्रमणका कारण १६ दिनदेखि उहाँ अस्पतालमा उपचारार्थ हुनुभएको हाम्रा काभ्रेपलाञ्चोक समाचारदाताले जनाउनुभएको छ ।
विसं २००८ फागुन ९ गते पिता चन्द्रसिं र आमा मिश्रीमायाका कोखबाट जन्मनुभएका लामा विसं २०३३ मा निर्मल लामा नेतृत्वको नेकपा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएको थियो । लामा विसं २०३५ मा गठित अखिल नेपाल युवा सङ्घका केन्द्रीय संस्थापक सदस्य हुनुभएको थियो । विसं २०४८ को आमनिर्वाचनमा उहाँ जनमोर्चा नेपालबाट काभ्रेपलाञ्चोकको तत्कालीन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो ।
विसं २०६३ मा पुनःस्थापित व्यवस्थापिका–संसद्को सदस्य बन्नुभएका उहाँले दक्षिण कोरियाका राजदूतसमेत रहेर आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो । दिवङ्गत लामाका श्रीमती, एक छोरा र चार छोरी हुनुहुन्छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका