जोडिनुहोस
  • होमपेज
  • रत्ननगरको द नाइन्टिन्स् रेष्टुरेन्टमा द नोटेसन व्याण्डको लाइभ प्रस्तुति हुने

रत्ननगरको द नाइन्टिन्स् रेष्टुरेन्टमा द नोटेसन व्याण्डको लाइभ प्रस्तुति हुने

चितवन, मंसिर २४-

रत्ननगर नगरपालिका–२ टाँडी चोकमा रहेको द नाइन्टिन्स् रेष्टुरेन्ट एण्ड बार स्थापनाको पहिलो वार्षिकोत्सवको अवसर पारेर द नोटेसन ब्याण्डले लाइभ म्युजिक गर्ने भएको छ ।

डिसेम्बर १२ अर्थात् मंसिर २७ गते शनिबार पहिलो वार्षिकोत्सवको दिन बेलुका ५ बजेदेखि निःशुल्क प्रवेशमा सो ब्याण्डले टाँडी चोकमा रहेको द नाइन्टिन्स् रेष्टुरेन्ट एण्ड बारमा लाइभ म्युजिक गर्न लागेको हो । सो बारले वार्षिकोत्सवको अवसरमा विशेष छुट र अफरको व्यवस्था समेत राखेको छ । उक्त रेष्टुरेन्ट एण्ड बार गत वर्षको मंसिर २६ गतेदेखि सञ्चालनमा आएको हो ।

सो रेष्टुरेन्टमा कसैलाई बर्थडे पार्टी, एन्नीभर्सरी, गेट टुगेदर पार्टी, बेबी सावर पार्टी, सेमिनार र मिटिङ हलको आवश्यकता परेमा सो को व्यवस्था समेत रहेको छ । नेपाली युवाले नेपालमा बसेर पनि केही व्यवसाय गर्न सक्छन् भन्ने उद्देश्यका साथ करिब ५० लाखको लगानीमा सो रेष्टुरेन्ट सञ्चालन गरेको सञ्चालक पुष्कर डल्लाकोटीले बताए । सो रेष्टुरेन्टमा अहिले चार जना कुक, दुई जना सहायक कुक, चार वेटर र दुई जना फोटोग्राफर रहेका छन् ।

अरु रेष्टुरेन्टको तुलनामा गुणस्तरीय सेवा प्रदान गरी ग्राहकलाई सन्तुष्टि दिलाउने उनको विश्वास छ । आफूहरुको यस कदमले धेरै युवालाई अरु केही नयाँ व्यवसाय सञ्चालन गरांै भन्ने उत्प्रेरणा जाग्ने डल्लाकोटीको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका