



चितवन मंसिर १९-
चितवनमा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । मालिका युवा क्लब हाकिमचोकको आयोजनामा भरतपुर महानगरपालिकाको क्षेत्रपुरमा मंसिर २६ र २७ गते फुटसल प्रतियोगिता हुन लागेको हो।
क्षेत्रपुरको बर्दश फुटसलमा हुने प्रतियोगितामा चितवन र बाह्य जिल्ला गरि ३० देखि ४० टिम सहभागी हुने प्रतियोगिताका संयोजक रन्जित तिमिल्सिनाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ४० हजार , द्वितीय हुनेलाई २० हजार ट्रफी मेडल पुरस्कारको व्यवस्था रहेको संयोजक तिमिल्सिनाले बताए। यस्तै उत्कृष्ट खेलाडी, तथा उत्कृष्ट गोलकिपरलाई नगद २ हजार र ट्रफी मेडलको पनि व्यवस्था गरिएको उनले जानकारी दिए ।
दिनुहुँ बढिरहेको जाडोले गर्दा चिसोको जोखिममा रहेका समुदायका मानिसहरूलाई न्यानो कपडा सहयोग पुर्याउने उद्देश्यले खेल आयोजना गरेको उनले बताए।