जोडिनुहोस
  • होमपेज
  • स्कोलाश्टिक फाउण्डेसन नेपालले रच्यो विश्व किर्तिमान

स्कोलाश्टिक फाउण्डेसन नेपालले रच्यो विश्व किर्तिमान

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, मंसिर १८- स्कोलाश्टिक फाउण्डेसन नेपालले विश्व किर्तिमान रचेको छ । वल्ड बुक अफ रेकर्ड, युकेले उक्त फाउण्डेशनलाई विश्व किर्तिमान रचेको प्रमाण पत्र प्रदान गरेको हो ।

आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलन गरी फाउण्डेशनले सो जानकारी दिएको हो । सो प्रमाण पत्र शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले फाउण्डेशनलाई बुधबार हस्तानतरण गरेको फाउण्डेशनका अध्यक्ष सस्मित पोखरेलले पत्रकार सम्मेलनमा बताए ।

फाउण्डेशनले गत वर्ष भदौमा न्यु क्यापिटल कलेज, रत्ननगर चितवनमा एस्पायर स्कोलाश्टिक मिट नामक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा बहस/वादविवाद, वक्तृत्व कला, निवन्ध लेखन, चित्रकलालगायत विभिन्न १३ क्षेत्रको कार्यक्रम भिजिट नेपाल २०२० को थेममा गरिएको थियो । कार्यक्रममा चितवन, नवलपुर र तनहुँका ३० वटा माध्यमिक स्तरीय विद्यालयका १५ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो । सोही कार्यक्रमलाई प्रमाणिकरण गरी वल्ड बुक अफ रेकर्ड, युकेले विश्व किर्तिमान रचेको प्रमाण पत्र दिएको पोखरेलले जानकारी दिए ।

यो प्रमाणपत्र पाएपछि आफूहरुमा थप उर्जा थपिएको बताउँदै अध्यक्ष पोखरेलले आफूहरुले यस्ता कार्यक्रमलाई देशभर सञ्चालन गर्ने बताए । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा र मौलिक संस्कारसहितको सिर्जनात्मक क्षमता अभिवृद्धीमा राज्यसँगै सहकार्य गर्दै अन्य थप नयाँ कार्यक्रम पनि ल्याउन लागिएको अध्यक्ष पोखरेलले जनाए ।

नेपालको शिक्षा क्षेत्रमा अधिकतम परिवर्तनको आवश्यकता देखिएकोले त्यसका लागि अभियान चलाउन २ वर्ष अघि यस फाउण्डेशनको स्थापना गरको फाउण्डेशनका संस्थापक अध्यक्ष प्रज्वल भट्टराईले जानकारी दिए । विद्यार्थीहरुमा सिर्जनाको उत्साह भरिदिने र बौद्धिकताको भोक जगाउन संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वयन गरेर देशभर कार्यक्रमहरु सञ्चालन गर्दै जाने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका