जोडिनुहोस
  • होमपेज
  • चितवनमा श्रीमती हत्याको आरोपीलाई १० वर्ष कैद

चितवनमा श्रीमती हत्याको आरोपीलाई १० वर्ष कैद

चितवन,मंसिर १९-

चितवन अदालतले श्रीमती हत्याको आरोपमा एक पुरुषलाई १० वर्ष कैद सजाय फैसला गरेको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलाशले हत्या आरोप लागेका पूर्णप्रसाद ढकाललाई आज १० वर्ष कैद फैसला गरेको हो ।

फैसलामा रु एक लाख जरिवाना र रु ८०० पीडित राहत कोषमा जम्मा हुने गरी सजायको सुनाएको छ । रत्ननगर नगरपालिका–१५, माधवपुरमा गत जेठ ६ गते ५४ वर्षीय श्रीमान् पूर्णप्रसाद ढकालले खुकुरी प्रहार गर्दा ४३ वर्षीया श्रीमती सुशीला ढकाल गम्भीर घाइते भएकी थिइन् । सुशीलाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा जेठ १५ गते मृत्यु भएको थियो । घरायसी विवादको क्रममा खुकुरी प्रहार हुँदा सुशीला घाइते भएकी थिइन् ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका