जोडिनुहोस
  • होमपेज
  • चितवनमा चार महिनामा सवारी कारबाहीबाट ८० लाख बढी राजस्व संकलन

चितवनमा चार महिनामा सवारी कारबाहीबाट ८० लाख बढी राजस्व संकलन

हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, मंसिर १८

ट्राफिक प्रहरी कार्यालय चितवनले चालु आर्थिक वर्षको कात्तिकसम्ममा ८० लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

ट्राफिक नियम उलंघन गर्ने कुल नौ हजार ९५० सवारी चालक तथा साधनलाई गरिएको कारबाहीबाट साउनेदखि कात्तिकसम्म चार महिनाको अवधिमा सो रकम बराबरको राजस्व संकलन भएको हो ।

कार्यालयले जिल्ला भरबाट साउन महिनामा नौ लाख २६ हजार रुपैयाँ, भदौमा छ लाख ८४ हजार ५००, असोजमा २९ लाख ७७ हजार ५०० र कात्तिकमा ३४ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले नारायणी अनलाइनलाई जानकारी दिए । उनका अनुसार आर्थिक वर्षको सुरुवाती महिनामा अधिकांश सवारीसाधन बन्द भएका कारण राजस्व संकलनमा कमी आएको हो । अहिले प्राय सबै सवारीसाधनहरु चल्न थालेकाले कारबाहीमा पर्ने सवारी साधन पनि बढ्दै गएको र राजस्व संकलन पनि बढ्दै गइरहेको उनले बताए ।

यस अवधिमा दुई हजार १८३ वटा ट्रकलाई गरिएको कारबाहीबाट १७ लाख ९२ हजार, ५४९ वटा बसबाट चार लाख ३८ हजार, दुई हजार ८५७ जिप–कार–भ्यानबाट २३ लाख ९६ हजार ५००, ३७९ वटा ट्रेक्टरबाट तीन लाख ११ हजार, तीन हजार ११८ वटा मोटर साइकलबाट २४ लाख ८४ हजार, ८६४ वटा टेम्पोलगायत अन्य सवारीसाधन कारबाहीबाट पाँच लाख ९६ हजार ५०० रुपैयाँ संकलन भएको प्रमुख भट्टले जनाए ।

कारबाहीको प्रकृतिका आधारमा माधक पदार्थ सेवन गरी यात्रा गर्ने १०० वटा सवारीसाधन कारबाहीबाट एक लाख रुपैयाँ, ओभरलोड लिएर यात्रा गर्ने एक हजार ८२३ सवारीबाट १५ लाख १५ हजार, सिटबेल्ट र हेल्मेटको प्रयोग नगर्ने ५३२ सवारीबाट तीन लाख ७३ हजार ५००, कागजपत्र साथमा लिएर नहिँड्ने एक हजार ९७५ वटा सवारी कारबाहीबाट १२ लाख २३ हजार रुपैयाँ राजस्व संकलन भएको प्रमुख भट्टले जनाए ।

यस्तै चालक अनुमतिपत्र नभइ सवारी चलाउने ६६७ वटा सवारी कारबाहीबाट छ लाख ६७ हजार, बत्तीको अवस्था ठीक नभएका ४१० सवारीबाट तीन लाख ११ हजार ५००, रुट परमिट नलिई यात्रा गर्ने ३७२ सवारीबाट दुई लाख ८१ हजार, तीव्र गतिमा चलाउने ४४८ सवारी कारबाहीबाट १२ हजार ५०० रुपैयाँ संकलन भएको छ । यस्तै प्रयोजन विपरित लगेज लिएर यात्रा गर्ने २९२ जना यात्रुबाट एक लाख ९७ हजार, सिट क्षमताभन्दा बढी यात्रु लिएर हिँड्ने सवारीबाट ३१ लाख ४५ हजार र अन्य ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार ८८५ वटा सवारी साधनलाई गरिएको कारबाहीबाट २६ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन भएको ट्रफिक प्रमुख भट्टले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका