जोडिनुहोस
  • होमपेज
  • सकियो नेकपा सचिवालय बैठक, भोलि पुनः बस्ने

सकियो नेकपा सचिवालय बैठक, भोलि पुनः बस्ने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज मंगलवार बसेको सचिवालय बैठक भोलि बुधवार दिउँसो १ बजे पुनः बस्ने गरी सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेका राजनीतिक प्रस्तावहरुमाथि औपचारिक छलफल सुरु भएको उनले जानकारी दिए । उक्त छलफल बुधबार पनि निरन्तर गर्ने सहमति भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका