



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बालुवाटारमा बस्ने भएको छ ।
यसअघि बैठक धुम्बाराहीमा बस्ने तय भएको भए पनि अन्तिम समयमा बैठकलाई पुनः प्रधानमन्त्री निवास बालुवाटारमा नै सारिएको हो । धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने गृहको रिर्पोटिङ रहेको भन्दै बालुवाटारमै बैठक बोलाइएको जनाइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ । बैठक एक बजे बस्नेछ ।