



चितवन, मंसिर १५-
ज्योतिष हरिहर अधिकारी अभिनित चलचित्र ‘शुभलभ’ युट्युबमा सार्वजनिक गरिएको छ ।
गत चैत १५ गते सिनेमा घरमा प्रदर्शनमा आएको चलचित्र ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
चलचित्र ‘शुभलभ’ लाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । बुद्ध इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता प्रदिपकुमार उदय हुन् । चलचित्रमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । ‘शुभलभ’मा हरिहर अधिकारी, कृष्टिन पौडेल, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदिप बास्तोल, सूर्या थापा, अनुज पाण्डेलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।