



काठमाडौँ, मङ्सिर १५–
पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा राजसंस्थाको मागसहित प्रदर्शन भएको छ ।
त्यस्तै आज (सोमबार) काठमाडौँको माइतीघर मण्डलामा संघीय गणतन्त्रात्मक व्यवस्था खारेज गरि संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यको मागसहित प्रदर्शन भएको छ ।
राष्ट्रिय झण्डासहित उनीहरुले ‘दल भन्दा देश ठूलो हो, दलीय झण्डा छोडेर देशको झण्डा बोकौँ, राजा जनाता एक हौ’ भन्ने सहितका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनका सहभागीहरु माइतीघरबाट नयाँ बानेश्वरसम्म गएका थिए ।