जोडिनुहोस
  • होमपेज
  • भरतपुरको दीपज्योति सहकारीको साधारण सभा सुरु

भरतपुरको दीपज्योति सहकारीको साधारण सभा सुरु

चितवन, मंसिर १४-

भरतपुरको दीप ज्योति अभिवृद्धि बचत तथा ऋण सहकारीको १६ औं वार्षिक साधारण सभा आजबाट सुरु भएको छ ।

सहकारीको मुख्य कार्यालय र सेवाकेन्द्रहरुमा मंसिर २६ गतेसम्म चरणबद्ध रुपमा साधारणसभा एवम् सेवाकेन्द्र भेला गरी मंसिर २७ गते समापन गरिँदैछ ।

कोरोना संक्रमणका कारण उच्च सावधानी अपनाउँदै संस्थाले साधारणसभाको प्रक्रिया अघि बढाएको हो । सभाको शुभारम्भ गर्दै वाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक एवम् दीपज्योतिका सल्लाहकार संयोजक तेजेन्द्रबहादुर खड्काले यस संस्थाले अन्य संघ संस्थासँग समेत एकीकरण गर्दै जिल्लामा नमूना सहकारीका रुपमा अघि बढेको बताए । उनले भने ‘सबै संघ संस्थाहरुले आफूहरुसँग मिल्दाजुल्दा सहकारीहरु एकीकरण गरेर सक्षम सहकारी बनाउनेतर्फ लाग्नुपर्छ ।’

कार्यक्रममा संस्थाका अध्यक्ष भोला शिवाकोटीले दीपज्योतिले विसं २०७५ मा गौरवमय साकोस र २०७६ मा अभिबृद्धि साकोससँग एकीकरण गरेको भन्दै अन्य सहकारीसँग समेत एकीकरणको प्रक्रिया अगाडि बढाएको जानकारी दिए । कोरोना संक्रमणका कारण सबैलाई एकै ठाउँमा भेला गरेर साधारणसभा गर्न नसके पनि चरणबद्ध रुपमा अधिकतम सदस्यलाई पायक पर्ने गरी साधारणसभा सुरु गरिएको बताए ।

सो अवसरमा यस संस्थासँग गत वर्ष एकीकरण भएको अभिवृद्धि साकोसका संस्थापक एवम् संरक्षक डा. टीकानिधि ढकाल, संस्थाका उपाध्यक्ष तुल्सीराम आचार्य, सचिव नारायणप्रसाद उपाध्याय, शेयर सदस्य भगवती घिमिरे, यदुनाथ भट्टराईलगायतले बोलेका थिए ।

संस्थाका कार्यकारी प्रबन्धक उमाकान्त पौडेलले हाल संस्थामा तीन हजार ४१३ जना सदस्य रहेको, शेयर रकम पाँच करोड ७० लाख, कूल बचत ४० करोड, लगानी ३५ करोड रहेको जानकारी दिए । गत वर्ष संस्थाले एक करोड ३६ लाख रुपैयाँ नाफा गरेको सहकारीले चालु आर्थिक वर्षमा एक करोड ९३ लाख नाफा गर्ने लक्ष्य राखेको छ ।

सहकारीले आज अभिबृद्धि सेवा केन्द्रबाट साधारणसभा सुरु गरेको हो । मंसिर १६ गते भानुचोक सम्पर्क कार्यालय टाँडी, १७ गते गौरवमय सेवाकेन्द्र भरतपुर ११, १९ देखि २६ गतेसम्म दीपज्योति भवन मुख्य कार्यालय भरतपुर ११ मा उपस्थित माईन्यूट रहने गरी चरणबद्ध साधारणसभा गर्दै छ । मंसिर २७ गते धावन पार्टी प्यालेस जागृतिचोकमा समापन कार्यक्रम हुनेछ ।

भरतपुर ११ बाइपासरोडमा आफ्नै सुविधासम्पन्न भवन भएको जिल्लाको प्रतिष्ठित सहकारी भएकाले यस सहकारीसँग एकीकरणका लागि धेरै सहकारीहरुले इच्छा जाहेर गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका