जोडिनुहोस
  • होमपेज
  • थप ६ सहित विदेशमा कोरोनाले २९९ जना नेपालीको ज्यान गयो

थप ६ सहित विदेशमा कोरोनाले २९९ जना नेपालीको ज्यान गयो

लण्डन, मंसिर १४-

कोभिड–१९का कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको निधन भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या २९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको हो ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा चार जना, पोर्चुगलमा एक जना र युकेमा एक जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता जापान, युके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ । शनिबार साँझसम्म विभिन्न ४५ मुलुकमा ४७ हजार ५८३ जना गैरआवासीय नेपाली संक्रमित भएकोमा हालसम्म ४३ हजार ५७४ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् । यो कुल संक्रमितमध्येको ९१ प्रतिशत रहेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या दुई लाख ११ हजार १८६ पुगेको छ । तीमध्ये दुई लाख ३० हजार ७२३ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९२ दशमलब ५ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले एक हजार ४५४ जनाको ज्यान गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका