जोडिनुहोस
  • होमपेज
  • टोपबहादुर रायमाझी भन्छन्: नेकपा कुनै हालतमा फुट्दैन

टोपबहादुर रायमाझी भन्छन्: नेकपा कुनै हालतमा फुट्दैन

काठमाडौं, मंसिर ९

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले अहिले देखिएको अन्तरविरोधकै कारण नेकपा कुनै पनि हालतमा नफुट्ने दाबी गरेका छन् ।

रिपोटर्स क्लब नेपालले मंगलबार गरेको साक्षात्कारमा नेता रायमाझीले यस्तो दाबी गरेका हुन् । उनले भने,‘जहाँसम्म नेकपाको अन्तरविरोधको सन्दर्भ र विषयवस्तु छ, पार्टीभित्र सानो होस् या ठूलो अन्तरविरोध निरन्तर भैरहन्छन् । यो सर्वमान्य कुरा हो । अन्तरविरोध यस्तो चिज हो–जो निरपेक्ष हुन्छ । एकता सापेक्ष हुन्छ । अन्तरविरोध कहिले एकदम उचाईमा पुग्छ । कहिले तल पुग्छ । यसलाई स्वभाविक ठान्नुपर्छ । यो अन्तरविरोधले पार्टी विभाजनतिर पो लैजान्छ कि अथवा के हुन्छ ? भन्नेबारे चर्चा भइरहेको छ । म विश्वास दिलाउन चाहन्छु–पार्टी कुनै हालतमा फुट्दैन् ।’

साक्षात्कारमा उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सचिवालयमा पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन केन्द्रीय नेतादेखि तल्लो तह अर्थात् कार्यकर्तासम्म वितरण भइसकेकोले त्यसमा छलफल हुने सुनाए । उनले भने,‘अध्यक्ष केपीशर्मा ओलीले पनि अब बस्ने सचिवालय बैठकमा पेश गर्ने गरी प्रतिवेदनको तयारी गर्दै हुनुहुन्छ । सम्पूर्ण विषयवस्तु र एजेण्डालाई केलाएर हेर्दा र अध्ययन गर्दा नेकपा सक्लो रहला कि फुट्ला, सरकार ढल्ला कि के होला भन्ने चर्चा अहिले चलिरहेको छ । म दाबाका साथ भन्छु, ‘यही कारणले मात्रै पार्टी विभाजनमा जाँदैन । किनभने यसका पछि कारण छन् । यतिबेला नेकपा विभाजन भयो भने नेकपामात्रै फुट्दैन, अहिलेसम्म हामीले संघर्षमार्फत प्राप्त गरेका परिवर्तनका एजेण्डा र उपलब्धि नै गुम्ने खतरा छ । यसको ठूलो असर त प्रमुख नेताहरुलाई नै पर्छ ।’

उनले अहिले प्राप्त उपलब्धि गुम्दा यसको असर नेकपाका आम नेता\कार्यकर्ता, शुभचिन्तकलाई मात्रै नभई जनतामा पनि प्रत्यक्ष प्रभाव पर्ने सुनाए । उनले थपे,‘यसको असर त प्रतिपक्षलाई पनि पर्छ । नेकपा नफुट्न जनदबाब छ । देशभरिका कार्यकर्ता पँक्तिले पार्टी फुटे नेताहरुलाई समर्थन हुँदैन भनेका छन् । जनताका आकांक्षा धरायशी हुन्छन, ध्वस्त हुन्छन् भनेका छन् । नेपाली कांग्रेसका साथीहरुले पनि हामीलाई मेहनत गर्न सुझाव दिनुभएको छ । नेकपा फुटे व्यवस्था नै धरायशी हुन्छ भनेर चिन्ता गरिरहेका छन् । पार्टी फुट्न लाग्यो भनेर प्रतिपक्ष त खुशी हुनुपर्ने हो नि, तर उपनि दुःखी छ । उद्योगी तथा व्यवसायी पनि चिन्तामा छन् । अस्थिरताको पक्षमा कोही पनि छैनन् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका