



चितवन मंसिर ९ –
भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
आज (मंगलबार) विहान ७ बजे चितवनको रत्ननगर नगरपालिका -१० बस्ने ५२ वर्षिय पुरुषको मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको हो ।
गत मंसिर ४ गते ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना भएका उनलाई ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कोभिड आइसियुमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले बताएको छ ।