होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • प्रदेश सरकार सञ्चार क्षेत्रलाई सहयोग गर्न तयार छ : मुख्यमन्त्री पौडेल

प्रदेश सरकार सञ्चार क्षेत्रलाई सहयोग गर्न तयार छ : मुख्यमन्त्री पौडेल

वाग्मती, मङ्सिर ६-

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकार सञ्चार क्षेत्रलाई हरतरहले सहयोग गर्न तयार रहेको बताउनुभएको छ । हेटौँडाबाट प्रसारित पहिलो स्याटेलाइट टेलिभिजन नेशनल गोल्ड एचडीलाई आज शुभकामना दिँदै मुख्यमन्त्री पौडेलले सरकार र सञ्चार क्षेत्रबीच हार्दिकतासहितको सम्बन्ध रहनुपर्ने धारणा राख्नुभयो । “मिडिया र सरकार हार्दिकताका साथ अगाडि बढ्ने हो भने हामीले चाहेका धेरै कुराहरु पूरा गर्न सकिन्छ”, मुख्यमन्त्री पौडेलले भन्नुभयो ।

सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशको राजधानी हेटौँडामा राष्ट्रियस्तरका सञ्चारमाध्यम स्थापना हुनु आफैँमा राम्रो भएको उहाँको भनाइ थियो । “प्रदेश राजधानी हेटौँडाबाट सञ्चालित सञ्चारमाध्यमले वाग्मती प्रदेशसहित सिङ्गो नेपालका विविध विषयवस्तु उजागर गरेर देशको प्रतिनिधित्व गर्न सकोस्”, मुख्यमन्त्री पौडेलले भन्नुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका