जोडिनुहोस
  • होमपेज
  • जगतपुरमा राप्रपाको अगुवा कार्यकर्ता भेला

जगतपुरमा राप्रपाको अगुवा कार्यकर्ता भेला

भरतपुर, मंसिर ६-

राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३ चितवनले शनिबार अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

भेलालाई सम्बोधन गर्दै वाग्मती प्रदेश सांसद रिना गुरुङले राप्रपाले गरेका कामको प्रचार प्रसार गर्दै जनतालाई पार्टी प्रतिको विश्वास दिलाउन कार्यकर्तालाई अनुरोध गरेकी छन् । राप्रपा केन्द्रीय सदस्य समेत रहेकी गुरुङले चितवनको विकासका लागि राप्रपाले उल्लेख्य काम गरेको दाबी समेत गरिन् । वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको उनको आरोप छ । संघीय प्रणाली नै गलत भएकाले विकास निर्माणका काम अगाडि नबढेको उनको विचार थियो । प्रदेश सरकार खारेज गर्नुपर्ने उनको माग छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३ का अध्यक्ष मदन पौडेलले चितवनका स्थानीय तहले राप्रपालाई काम गर्न रोक्ने प्रयास भइरहेको भन्दै निष्ठासँग काम गरेर देखाउन चेतावनी दिए । क्षेत्रीय उपाध्यक्ष चेतनाथ वाग्लेले स्वागत मन्तव्य राखेको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यहरु पवित्रा जोशी, अमर क्षेत्री, दिलिप पाण्डे, जिल्ला अध्यक्ष रुद्र ढकाललगायतले भेलालाई सम्बोधन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका