होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • नेकपा विवादका बेला चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको भ्रमण, के छ तयारी ?

नेकपा विवादका बेला चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको भ्रमण, के छ तयारी ?

काठमाडौँ, मङ्सिर ६–

भारतले एकपछि अर्को सरकारी अधिकारी नेपाल भ्रमणमा पठाइरहेका बेला नेपाल आउन लागेका चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको नेपालयात्रा भने एक दिनको मात्र हुनेछ ।

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको प्रस्तावित केन्द्रीय सचिवालय बैठकको भोलिपल्ट चिनियाँ रक्षामन्त्री वेई फेङ्हे नेपाल आउने भएकोले उक्त दिनको बैठकलाई सभ्य तथा विवादरहित बनाउन सचिवालय जुटेको छ ।

नेपालस्थित चिनियाँ राजदूत हाउ याङ्छी ले पटक–पटक नेकपा एकताका लागि ओली लगायत प्रभावशाली र उपल्लो तहका नेताहरुसँग भेटघाट गर्दै आएका छन्।

राष्ट्रपति सी जीनपिङको गत वर्षको भ्रमणपछि नेपाल आउन लागेका सर्वोच्च चिनियाँ अधिकारी हुन् रक्षामन्त्री । नेपालको राजनीतिक अस्थीरता र सत्ताधारी नेकपा भित्रको द्वन्द्व विभाजनमा पुग्न सक्ने अवस्थासँगै भावी राजनीतिमा नेपाली सेनाको सान्दर्भिकता बढ्न सक्ने अड्कलबाजीका बीच चिनियाँ विदेश मन्त्रीको सट्टा रक्षामन्त्री आउनुलाई कूटनीतिक वृत्तमा अर्थपूर्णरुपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका