



चितवन मंसिर ५ –
छठ पर्वको मुख्य दिन आज अस्ताउदो सुर्यलाई अर्घ दिँदै देशै भर छठ पर्व हर्षोलासका साथ मनाइदैँ छ । शनिबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ अन्त्य हुन्छ ।
यस पूजाको अवसरमा चितवनको नारायणी किनारमा पनि ब्रतालुहरुले अस्ताउदो सुर्य र छठी माताको आराधना गरेका छन्।
छठमा उपबास बसी पुजाआजा गर्नाले पारिपार सुख संबृद्धिका साथै सन्तान प्राप्ती र रोग ब्याधी समेत निको हुने जनविश्वास रहँदै आएको छ।




