जोडिनुहोस
  • होमपेज
  • प्रदेश १ मा थपिए ३६४ जना कोरोना सङ्क्रमित

प्रदेश १ मा थपिए ३६४ जना कोरोना सङ्क्रमित

विराटनगर, कात्तिक २८-

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ३६४ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा एक हजार ७०५ जनाको पिसिआर परीक्षण गरिएकामा १४२ महिला र २२२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित हुनेमा मोरङमा १४२ मध्ये विराटनगरमा ८१, सुनसरीमा १०५, झापामा ६६, उदयपुरमा आठ, तेह्रथुममा पाँच, इलाममा चार, पाँचथर र सोलुखुम्वुमा तीन÷तीन, सङ्खुवासभा र धनकुटामा दुई÷दुई, ओखलढुङ्गा र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका २२ जना रहेका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या २३ हजार ४३४ पुगेको छ । प्रदेशमा आज ७३६ सङ्क्रमित निको भई घर फर्केका छन् भने उनीहरुको सङ्ख्या हालसम्म १७ हजार १५४ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म एक लाख ७७ हजार ३५४ जनाको पिसिआर परीक्षण गरिएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

धेरै टिप्पणी गरिएका