जोडिनुहोस
  • होमपेज
  • एभरेष्ट सहकारीको साधारण सभा सकियो

एभरेष्ट सहकारीको साधारण सभा सकियो

चितवन, कात्तिक २७-

कात्तिक २१ गतेदेखि सुरु भएको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारणसभा बिहीबार सकिएको छ ।

भरतपुर महानगरपालिका–३ लायन्स चोकमा रहेको संस्थाको साधारणसभाले विभिन्न विषयवस्तुहरु अनुमोदन गरेको व्यवस्थापक सरु ढकालले जानकारी दिइन् । संस्थाका सचिव मदनप्रसाद पौडेलको प्रगति प्रतिवेदन, कोषाध्यक्ष कुन्दनकुमार पियाको आर्थिक प्रतिवेदन सहितका अन्य प्रस्तावहरु समेत साधारणसभाबाट अनुमोदन भएको ढकालले बताइन् । चालु आर्थिक वर्षमा संस्थाले भरतपुर महानगरपालिकाको वडा नम्बर ५ र ७ मा एउटा, वडा नम्बर ६ मा एउटा, वडा नम्बर १० मा एउटा र वडा नम्बर १६ मा एउटा सेवा केन्द्र सञ्चालन गर्नेगरि साधारणसभाले अधिकार प्रदान गरेको ढकालको भनाइ छ ।

साधारणसभा समापनका अवसरमा संस्थाका अध्यक्ष बालगोपाल चुकेले सहकारीलाई नीति, विधि र प्रविधि मार्फत् अगाडि बढाइएको उल्लेख गरे । संस्थाले आफ्नै भवन निर्माणका लागि जग्गा खरिद गर्ने तयारी समेत भएको चुकेको भनाइ छ । कोभिड महामारीका कारण साधारणसभा सम्पन्न गर्नका लागि एक हप्ता समय लागेको भन्दै चुकेले साधारणसभामा प्रदान गरिएको सुझावलाई मनन गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाए । अन्य समयमा समेत संस्थाको बारेमा सल्लाह तथा सुझाव प्रदान गर्नका लागि चुकेले आग्रह गरेका छन् । भरतपुर महानगरपालिकाको वडा नम्बर १ देखि १३ सम्मका सबै वडा तथा वडा नम्बर १५, १६ र २९ कार्यक्षेत्र रहेको एभरेष्ट सहकारीको जारी शेयर पूँजी १० करोड रुपैयाँ रहेको छ । त्यस्तै सहकारीको चुक्ता शेयर पुँजी चार करोड ४० लाख तीन हजार एक सय रुपैयाँ रहेको छ । तीन हजार ३७९ जना सदस्य भएको संस्थाको सम्पत्ति ३८ करोड १८ लाख ९७ हजार १८७ रुपैयाँ रहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका