जोडिनुहोस
  • होमपेज
  • यसपालि दिल्लीले नपत्याएका सन्दीपको आइपिएल भविष्य कस्तो ?

यसपालि दिल्लीले नपत्याएका सन्दीपको आइपिएल भविष्य कस्तो ?

काठमाडौँ, कात्तिक २४-

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेको लागी इन्डियन प्रिमियर लिग(आइपिएल) यसपटक सुरुका दुई सिजनजस्तो रहेन ।

वेस्ट इन्डिजदेखि अस्ट्रेलियासम्मका फ्रेञ्चाइज लिगका टिमको प्लेइङ-११ मा नियमित स्थान बनाउने सन्दीपलाई यसपटक दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले पहिलो रोजाइमा राख्न आवश्यक ठानेनन् ।

नेपाली स्पीनर लामिछानेले यूएईमा जारी आइपिएलको यो सिजन एक खेल पनि खेल्न पाएका छैनन् । क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा शानदार प्रदर्शन गरेर उतैबाट यूएई पुगेका सन्दीपले किन अवसर पाएनन् भन्नेबारे बुझ्न आइपिएलका खेलमा एक टोलीले अधिकतम उतार्न पाउने विदेशी खेलाडीको संख्या र दिल्लीमा हाल रहेका खेलाडीको स्तर बुझ्न आवश्यक छ ।

सुरुवाती खेलमा दिल्लीले चार जना विदेशी खेलाडीको कोटामध्ये दक्षिण अफ्रिकाका तीव्र गतिका बलरद्वय कागिसो रबाडा र एनरिच नोकियालाई स्थान दियो ।

आइपिएलमा कुनै पनि टोलीले एक खेलमा अधिकतम चार जना विदेशी खेलाडी उतार्न पाउँछन् । बाँकी ७ खेलाडी स्वदेशी हुन्छन् । यसपटक दिल्लीमा वेस्ट इन्डिजका सिमरन हेटमेयर र किमो पल, इङ्ल्यान्डका जेसन रोय र एलेक्स कारे, अस्ट्रेलियाका मार्कस स्टोइनिस र ड्यानियल साम्स तथा दक्षिण अफ्रिकाका एनरिच नोर्त्या र कागिसो रबडा रहेका छन् ।

यीमध्ये स्टोइनिस, नोर्त्या र रबडाले नियमितजसो प्लेइङ-११ मा ठाउँ बनाए । बाँकी एक कोटामा धेरैजसो हेटमेयर उत्रिए । केही खेलमा कारे र साम्सले ठाउँ लिए । तर सन्दीपले ठाउँ पाएनन्। सन्दीप स्पीन बलिङ स्पेसलिष्ट भएकाले बलरहरुमध्ये उनले ठाउँ बनाउनु पर्थ्यो ।

विदेशी खेलाडीहरु रबाडा, नोकिया र स्टोइनिसले सबै खेलमा प्रभावशाली खेल देखाए। जसका कारण दिल्लीले तीनै जनाको फाइनलसम्म नियमित खेलायो ।

टिमलाई चाहिएको बेला ब्याटिङ गर्ने क्षमता नभएका कारण सन्दीपले विदेशी कोटामा यस सिजनको आइपिएलमा स्थान पाउन नसकेको देखिन्छ ।

प्राय खेलमा हरेक टोलीका कम्तीमा ६ जना बलरले बलिङ गरेका छन्। तीमध्ये दुई तीन जना बलर अलराउन्डर देखिन्छन् अर्थात आवश्यक पर्दा ब्याटिङ गर्न पनि सक्छन् परिस्थिति अनुकुल हुनेगरि । दुई भारतीय स्पीनर अक्सर पटेल र रविचन्द्रन आश्विन नियमितजसो टोलीमा छन् । अक्सरले राम्रो ब्याटिङ गरिरहेका छन्। आश्विन पनि आवश्यक पर्दा ठूला प्रहार (छक्का र चौका) गर्न सक्छन्। यस्तो अवस्थामा दिल्लीले आवश्यक पर्दा राम्रो ब्याटिङ गर्न सक्ने र ठूला प्रहार गर्न सक्ने विदेशी स्पीनरलाई मात्र मौका दिन सक्ने अवस्था थियो ।

यही सिजनमा अनुभवी स्पिनर आस्विन दिल्लीमा आएकाले पनि सन्दीपको स्थान गुमेको देखिन्छ । किनभने किंग्स-११ पञ्जावको कप्तान रहिसकेका भारतीय राष्ट्रिय टिमका नियमित खेलाडी आस्विन ब्याटिङ गर्न सक्ने खुबी भएका खेलाडी हुन् ।

सन्दीपको समस्या उनी ठूला प्रहार गर्न सक्दैनन् । चार जना मात्र विदेशी खेलाडीहरुलाई उतार्न पाउने हुँदा र २ सय भन्दा बढी रनको लक्ष्य बनिरहेको अवस्थामा सन्दीप कुनै पनि अवस्थामा विकल्प देखिएनन् ।

दुई वर्षअघि आइपिएलमै छानिएर सन्दीपले विश्वका ठूला प्रतियोगिताको ढोका खोलेका थिए ।

सन् २०१८ मा दिल्लीमा आवद्ध भएका सन्दीपले सो सिजनको अन्तिम तीन खेलमा मौका पाएका थिए।

आफ्नो पहिलो सिजन तीन खेलमा पाँच विकेट लिएका सन्दीपले गत सिजन पहिलो खेलमै अवसर पाएपनि केवल ६ खेल मात्र खेलेका थिए । त्यतिबेला उनले ८ विकेट हात पारेका थिए ।

सन्दीपले दिल्लीबाट दुई सिजनमा ९ खेल खेल्दा १३ विकेट लिए । कुनै पनि खेलमा मौका नपाउँदा २०२० सिजनमा भने सन्दीपका लागि बिर्सनलायक बन्यो ।

सम्झौताको अन्तिम सिजनमा खेल्न नपाउँदा सन्दीपको आगामी सिजनमा आइपिएल यात्रा पनि अनिश्चित बनेको छ ।

सिजनको बिग ब्यास टिममा आवद्ध भएर उत्कृष्ट खेलेको खण्डमा मात्र सन्दीपका लागि आगामी सिजन आइपिएल टिममा आबद्ध हुन सहज हुने देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

धेरै टिप्पणी गरिएका