



काठमाडौं, कात्तिक २६-
अनलाइन बजार दराजको ‘११.११ सेल दिवस’ आज मध्यरातबाट सुरु हुने भएको छ।
कम्पनीले जारी प्रेष विज्ञप्तीअनुसार उक्त सेलमा ग्राहकले ८ लाख बराबरको टिभीएस अपाचे आरआर ३१० जित्ने र विभिन्न छुट पाउन सक्ने दराजले बताएको छ।
ग्राहकहरुले नविल, सनिमा, एनआइसी एशिया, ग्लोबल आइएमइ, एनएमबी, मेगा, नेपाल बंगलादेश, कुमारी, लक्ष्मी, सेन्चुरी र हिमालयन बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरेर अनलाइन भुक्तानीमा २० प्रतिशत ९अधिकतम ३००००, सम्मको छुट पाउनेछन्। त्यसैगरी दराजमा इसेवा वालेटमार्फत भुक्तानी गर्दा छुट पनि पाउनेछन्।
यो सेलमा सामसङ ग्यालेक्सी एसट्वेन्टी एफइ ६९ हजार ९ सय ९९ मा पाइनेछ।
त्यसैगरी एलजी, एमआई, फिटबिट, सोनी, भ्यांस, वल्पुल, टाइटन, कोलम्बिया, मिचा, गोल्डस्टार, जुआस, होम ग्लोरी,
आमाइरा, फेशन हाउस, न्यु ब्यालेन्स, टिभियस जस्ता ब्रान्डहरुमा पनि ६० प्रतिशतसम्म छुट पाउने दराजको भनाइ छ।
प्रीमियम प्रायोजक कोकाकोलाले पनि ११.११ को अवसरमा विशेष अफरहरू घोषणा गर्ने भएको छ।
दराजले ग्राहकलाई ११.११ मा लाइभ भिडियोहरू, फ्ल्यास सेल, बन्डल अफर, निशुल्क वितरण, सोशल मिडियामा प्रतियोगिता, अनलाइन लुडो टूर्नामेन्ट, अर्ली बर्ड अफर, एनसेल मोबाइल रिचार्ज छुट, र वनरुपी गेम र मिशन ११.११ जस्ता गेममार्फत पुरस्कार जित्ने धेरै अवसर दिदैंछ।
११.११ का लागि ७ सयभन्दा बढी डेलिभरी कर्मचारी थपेको कम्पनीको स्पष्टोक्ति छ । साथै, ६ अन्य लजिस्टिक साझेदारसँग काम गर्दै क्षमता, पूर्वाधार र प्रविधिमा उल्लेखनीय सुधार गरेको कम्पनीको दाबी छ । महामारीको समयमा ग्राहक र कर्मचारीको सुरक्षा निश्चित गर्न डेलिभरी कर्मचारीको स्वास्थ्यको निरन्तर जाँच गरिरहेको कम्पनीले जनाएको छ ।