होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • कोरोना भाइरसबाट विश्वमा १२ लाख ५० हजारले ज्यान गुमाए

कोरोना भाइरसबाट विश्वमा १२ लाख ५० हजारले ज्यान गुमाए

काठमाडौँ, कात्तिक २३-

चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ५० हजार ४९० व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले आइतबार जानकारी दिएको छ ।

गत डिसेम्बरमा सुरु भएको यस कोरोना भाइरसबाट हालसम्म चार करोड ९८ लाख ३५ हजार ८४७ व्यक्ति संक्रमित भइसकेका छन् । तीमध्ये तीन करोड ५५ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् ।

संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट दुई लाख ३७ हजार ११३ जनको मृत्यु भएको छ । अमोरिकामा ९८ लाख ६० हजार ९५८ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।
अमेरिकापछि ब्राजिलमा एक लाख ६२ हजार २६९ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५६ लाख ५३ हजार ५६१ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा एक लाख २६ हजार १२१ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । यहाँ ८५ लाख ७ हजार ७५४ कोरोना भाइरस संक्रमित भएका छन् ।

मेक्सिकोमा यस भाइरसका कारण ९४ हजार ८०८ जनाको मृत्यु भएको छ भने ९ लाख ६१ हजार १३८ जना संक्रमित भएका छन् । बेलायतमा ४८ हजार ९७८ जनाको मृत्यु भएको छ भने ११ लाख ७४ हजार ७७० जनाको कोरोना भाइरस संक्रमित भएका छन् ।

चीनमा कोरोना भाइरसबाट ९१ हजार भन्दा बढी व्यक्ति संक्रमित भए भने चार हजार ७४१ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो । (रासस\एएफपी)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका