जोडिनुहोस
  • होमपेज
  • बेलायतमा बन्यो राजेशपायल राई र निलमको गीत

बेलायतमा बन्यो राजेशपायल राई र निलमको गीत

चितवन, कात्तिक २२-

लोकप्रिय गायक राजेशपायल राई र गायिका निलम रोजु राईको स्वर रहेको ‘पूर्वै शहर’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बेलायतमा तयार भएको निलमको संगीतमा रहेको गीतका शब्द सृजना आलोक चाम्लिङ राईको रहेको छ । प्रवासमा बसेर आफ्नो जन्मभूमिलाई धेरै सम्झिने र घर गाउँ गइहालौं भन्ने इच्छा हुनेहरुको कथालाई जस्ताको त्यस्तै देखाइएको गीतको निर्देशन शन्तकुमार राईले गर्नु भएको हो ।

सरु राना गुरुङको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा सन्तोष राई र सलिना थापा मगरले अनस्क्रिन रोमान्स गर्नु भएको छ । नेपालको याद मुटुभरि बोकेर परदेशी भूमिमा आफ्नो श्रम बेचिरहेको नेपालीहरुको कथा आफ्नो देश कला र संस्कृति र माटोको माया भएर पनि वर्षौंदेखि जन्मभूमि देखि पर रहेर बाच्नुपर्ने बाध्यता र देश प्रतिको मायालाई टपक्क टिपेर देखाइएको भिडियो बेलायतका मुख्य पर्यटकीयस्थलहरुमा छायांकन गरिएको हो ।

भिडियोको छायांकन बेलायतमै बसेर लामो समयदेखि व्यवसायिकरुपमा फोटोग्राफी तथा भिडियोग्राफी साथै डिजाइनरसमेत रहेका सुमन श्रेष्ठले गर्नु भएको हो । निर्देशक राई नेपालमा एक दशकभन्दा बढी समय रंगमञ्च, केही टेलिश्रृंखला चलचित्रमा काम गर्दागर्दै परिवारको साथ बेलायत पुगेर आफ्नो कर्ममा निरन्तर लाग्नुभएको छ । केही टेलिश्रृंखला समेत निर्देशन गर्नुभएको राई पहिलो वाम्बुले भाषाको चलचित्र ढुवाङ्कुमका निर्देशक समेत हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

धेरै टिप्पणी गरिएका