जोडिनुहोस
  • होमपेज
  • मुकेश अम्बानीको ८० हजार करोडको सम्पत्ति एकैछिनमा स्वाहा

मुकेश अम्बानीको ८० हजार करोडको सम्पत्ति एकैछिनमा स्वाहा

काठमाडाैं, कात्तिक २०-

विश्वका चर्चित धनीमध्ये पर्ने रिलायन्स इन्टस्ट्रिजका प्रमुख मुकेश अम्बानीको ८० हजार करोड रुपैयाँ बराबरको सम्पत्ति एकैछिनमा घटेर स्वाहा भएको छ ।

रिलायन्स इन्डस्ट्रिज लिमिटेड (आरआईएल) को नाफा पछिल्लो वर्षको तुलनामा १५% घटेको छ । जसले गर्दा कम्पनीको शेयरमा गिरावट आउँदै कम्पनीको कूल मूल्य घटेर सम्पत्तिको मूल्यांकनमा गिरावट आएको हो । शेयरको मूल्य घट्दा अम्बानीको सम्पत्तिको कूल मूल्य ८० हजार करोड घटेको जनाइएको छ ।

यससँगै विश्वका शीर्ष धनीको सूचीमा ६ नम्बरमा रहेका अम्बानी घटेर ९ नम्बरमा पुगेका छन् ।

फोर्ब्स रियल टाइम बिलिनेयर इन्डेक्सका अनुसार मुकेश अम्बानीको सम्पत्तिको कूल मूल्य ७१.५ अर्ब डलर रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका