जोडिनुहोस
  • होमपेज
  • बेइज्जत भएको भन्दै भोकाको गाँस खोस्दै काठमाडौं महानगरपालिका

बेइज्जत भएको भन्दै भोकाको गाँस खोस्दै काठमाडौं महानगरपालिका

काठमाडौं, कार्तिक १७-

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थल एवं सडकहरूमा जारी ‘दैनिक खाना खुवाउने’ अभियानमा रोक लगाएको छ । सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरण गर्न रोक लगाएको हो ।

सार्वजनिक स्थलहरूमा खाना खुवाउँदा शहर अव्यवस्थित र फोहोर बनेको भन्दै खाना खुवाउन आउने र खानेविरुद्ध खट्न महानगरले नगर प्रहरीलाई निर्देशन दिइएको हो ।

केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएका थिए ।

तर, तीनदिन यता महानगरले नगर प्रहरी पठाएर खाना वितरण गर्न रोक लगाएको हो । पहिलो पल्ट ३ दिनअघि नगर प्रहरीले खाना खुवाउने अभियान रोक्न आग्रह गरेको थियो ।

महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत रामेश्वर ज्ञवालीले अभाव नभएकाहरू पनि खाना खान आउने गरेको दावी गरे। उनले भने, ‘आफै खान सक्नेहरू पनि त्यहाँ गएर जान थाले। जसका कारण भिड बढ्यो। संक्रमणको चुनौती बढ्यो। त्यसैले अभियान्ताहरूलाई व्यवस्थित बन्न आग्रह हो।’

हाल सडकमा खाना वितरण गर्नु पर्ने कोही पनि नभएको निर्क्यौलका साथ खाना वितरण बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाको तर्क छ ।रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका