जोडिनुहोस
बिहिबार, फाल्गुन १३, २०७७
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • नारायणगढको पुतलीबजारमा कार र म्याजिक ठोक्क्दिा चार जना घाइते

नारायणगढको पुतलीबजारमा कार र म्याजिक ठोक्क्दिा चार जना घाइते

चितवन कात्तिक १६-

भरतपुर महानगरपालिकाको नारायणगढमा कार र म्याजिक एकआपसमा ठोक्क्दिा चार जना घाइते भएका छन् ।

आज दिउँसो मध्यान्ह १२ : ३० बजे नारायणगढको पुतली बजारमा पोखरा बसपार्क तर्फ जाँदै गरेको बा २१ च ६३५० नम्बरको कार र बिपरीत दिशाबाट आईरहेको ना१ज ६०६५ नम्बरको म्यजिक एक आपसमा ठक्कर खाँदा चार जना घाइते भएका हुन ।

घाइते हुनेमा म्याजिक चालक भरतपुर १० वस्ने वर्ष ३२ को सलिन श्रेष्ठ र म्याजिक म्याजिकमा सवार भ.म.नपा ११ बस्ने  सरस्वती परियार र कार चालक काठमाण्डौ महानगरपालिका ६ वस्ने वर्ष ३५ को सुवास पाण्डे र उनको श्रीमती वर्ष ३१ की कृति खतिवडा रहेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्क्त डिएसपी सूर्य थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते  दुई जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर खाएका दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।तस्वीर: ईश्वर कुमार जोशी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका