जोडिनुहोस
  • होमपेज
  • सरेको सर्‍यै मेलम्चीको भाका, सचिवले भने – लेखेरै राख्नुस्, ६० दिनमा ल्याउँछौं

सरेको सर्‍यै मेलम्चीको भाका, सचिवले भने – लेखेरै राख्नुस्, ६० दिनमा ल्याउँछौं

काठमाडौं, कार्तिक १४-

आइतबार सिंहदरबारमा बसेको संघीय संसदको विकास तथा प्रविधि समिति बैठकमा उपस्थित सांसदहरुले मेलम्चीको खानेपानी काठमाडौं आइपुग्ने यकिन मिति बताउन सचिव गजेन्द्र ठाकुरलाई निर्देशन दिए ।

बैठकमा सचिव ठाकुरले दाबीका साथ भने, “म ठोकुवा गरेरै भन्न सक्छु– अबको ६० दिनपछि मेलम्ची नदीको पानी काठमाडौं आइपुग्छ ।”

आयोजनामा कार्यरत सम्पूर्ण इन्जिनियर र मन्त्री बिना मगरसमेत यस तथ्यमा विश्वस्त रहेको बताउँदै सचिव ठाकुरले थपे, “घोडा चढ्ने मान्छे पनि पहिलो पटक लड्न सक्छ । मेलम्ची आयोजनाको सुरुङ निर्माणमा नेपाल सरकार तथा नेपाली इन्जिजियरहरुकै पहिलो अनुभव रहेकाले मेलम्चीको पानी आइपुग्ने मिति बारम्बार तोक्दै सार्नुपर्ने बाध्यता थियो । २७ किमि सुरुङमध्ये अब डेढ किमि सुरुङमात्रै अब फिनिसिङ गर्न बाँकी छ । सुरुङ फिनिसिङ साथै सम्पूर्ण काम सकेर अबको २ महिनामा मेलम्चीको पानी काठमाडौं ल्याइपुर्‍याउछौं ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका