



काठमाडौँ कात्तिक १३-
पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ७९ को पीसीआर गर्दा २ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि भएको हो ।
योसहित संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । त्यस्तै, बिहीबार ३ हजार ३८ जना डिस्चार्ज भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १७ जना संक्रमितको मृत्यु भएको छ । योसहित देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ ।