जोडिनुहोस
  • होमपेज
  • तरकारी र फलफूल बलि दिएर मनाइयो हुम्लामा दशैँ

तरकारी र फलफूल बलि दिएर मनाइयो हुम्लामा दशैँ

हुम्ला, कात्तिक १३-

च्याङ्ग्रा, खसी नआएपछि स्थानीय बासिन्दाले तरकारी (आलु, फर्सी, करेला, प्याज, काँक्रो, मुला, स्याउ) आदि काटेर दुर्गा भवानीका लागि बलि दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण जिल्लाका विभिन्न नाका बन्द भएपछि खसीको अभाव देखिएको हो । विगतका वर्षमा जिल्लाको उत्तरी नाका हिल्साबाट च्याङ्ग्रा जिल्लामा भित्रिने गरिएको थियो भने यस वर्ष च्याङ्ग्रा ल्याउने कार्य ठप्प भएका छन् ।

उत्तरी नाकाबाट खसी आयात हुन नसकेपछि छिमेकी जिल्ला बझाङ, बाजुरा र दार्चुलाबाट भने केही मात्रामा लोकल खसी आयात गरिए पनि उक्त खसीको मूल्य भने निकै महङ्गो भएकाले स्थानीय बासिन्दाले किन्न सकेनन् । उनीहरुले आफ्नै खेतबारीमा रोपेका अन्न बालिनालीको बलि दिएर दशैँ मनाइएको सिमकोट गाउँपालिका–७ निवासी जोखे सुनारले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका