जोडिनुहोस

Banner

काठमाडौं, कार्तिक १३-

सञ्चारकर्मी रवी लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण भएको छ । यसको जानकारी लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् ।

गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले उल्लेख गरेका छन् ।

लामिछानेले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफू र पत्नी निकिता पौडेल दुबैलाई संक्रमण भएको जानकारी दिएका छन्। उनले केही पेशागत क्रियाकलाप र केही आफ्नै लापरबाहीले आफूलाई संक्रमण भएको हुन सक्ने बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *