जोडिनुहोस
  • होमपेज
  • यसपटकको दशैँः कोरोना संक्रमितलाई सङ्क्रमितबाटै टीका

यसपटकको दशैँः कोरोना संक्रमितलाई सङ्क्रमितबाटै टीका

चितवन, कार्तिक ११–

कोरोना भाइरस (कोभिड–१९) संक्रमणले यसपटक धेरैले रमाइलो साथ दशैँ मनाउन पाएनन् । कतिपय कोरोना संक्रमित अस्पतालका शैय्यामा छन् । तर सामान्य लक्षणसहित घरमै आइसोलेसनमा बसेका संक्रमितहरुले भने दशैँ टिका समेत लगाएका छन् ।

केहीदिन अघि कोरोना संक्रमण पुष्टि भएका भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले पनि टिका लगाएका छन् । उनले कोरोना संक्रमित दाजु सुजन अधिकारीको हातबाट टिका ग्रहण गरेका हुन् । दुई दाजु एकसाथ टिका थापेर दशैँ मनाएका छन् ।

दुई दाजु भाइसंगै स्वास्थ्यकर्मी मिलन सुवेदीले पनि संगै टिका लगाएर दशैँ मनाएका छन् । उनलाई डा.अधिकारी र श्री पुष्पाञ्जली अस्पतालका व्यवस्थापक सुजन अधिकारीेले टिका लगाई दिए । सुवेदी सोही अस्पतालमा प्रयोगशाला प्रमुखको रुपमा समेत कार्यरत छन् ।

यो त एउटा उदाहरण मात्रै हो । देशका विभिन्न भागमा यसरी नै संक्रमितहरुले एकापसमा दशैँ टिका लगाएका छन् ।

दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा रहेका संक्रमितलाई पनि विजयादशमीको टीका र जमरा लगाइएको छ । अस्पतालका व्यवस्थापक द्रोण वलीसहितका स्वास्थ्यकर्मीले अस्पतालमै उनीहरुलाई टीका लगाइदिएका हुन् ।

संक्रमितले यस वर्ष दशैँ मनाउन नपाएकाले अस्पतालमै भए पनि टीका लगाइदिएको व्यवस्थापक वलीले बताए । “यस वर्ष कोरोनाले गर्दा दशैँको रौनक छैन, धेरै व्यक्ति अहिले कोरोना संक्रमित हुनुहुन्छ, त्यसैले दशैँ मनाउन पाउनु भएन”, उनले भने,“संक्रमितको थप आत्मबल वृद्धि गर्नका लागि पनि हामीले टीका लगाइदिएका हौँ ।”

व्यवस्थापक वली आफैँ पनि कोरोना संक्रमित हुन् । आफूसहित अहिले अस्पतालमा १८ संक्रमित रहेको उनले बताए । “ म आफैँ पनि कोरोना संक्रमित हुँ, अहिले अस्पतालमा म पनि उपचारकै क्रममा छु”, उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका