



बुटवल, कार्तिक ११–
कोरोना अस्पताल बुटवलमा उपचाररत थप दुई जना संक्रमितको मृत्यु भएको छ ।
बुटवल–१३ का ५२ वर्षीय पुरुष र तिलोत्तमा–११ की ५० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी तिलोत्तमाकी महिलाको सोही दिन राति सवा ८ बजे मृत्यु भएको र
कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।